महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ८५ हजार १ सय ९२ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ७ लाख २९ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २६ लाख ५६ हजार ६ सय ७१ जना संक्रमित भएका छन् ।
बिहीबार साँझसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ४७ हजार ६ सय ८१ जनाको ज्यान गएको छ भने ८ लाख ४९ हजार ९२ जनामा संक्रमण भेटिएको छ । ८४ हजार ५० जना उपचारपछि निको भएका छन् ।
इटालीमा २५ हजार ८५ जनाको मृत्यु भएको छ भने १ लाख ८७ हजार ३ सय २७ जना संक्रमित हुँदा ५४ हजार ५ सय ४३ उपचारपछि घर फर्किएका छन् । स्पेनमा २२ हजार १ सय ५७ जनाको ज्यान जाँदा २ लाख १३ हजार २४ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा २१ हजार ३ सय ४० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५९ हजार ८ सय ७७ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १८ हजार १ सय जनाको ज्यान गएको छ र १ लाख ३३ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ४ सय ८१ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ५ हजार ३ सय १८ र बेल्जियममा ६ हजार ४ सय ९० जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ६ सय ८१ जनाको ज्यान गएको छ भने २१ हजार ७ सय ९७ जनामा संक्रमण देखिएको छ । त्यहाँ ४ हजार ३ सय ७६ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा २ सय २४ जनाको ज्यान जाँदा १० हजार ५ सय १३ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ३७ रहेको छ ।
बंगलादेशमा १ सय २७ जनाको ज्यान जाँदा ४ हजार १ सय ८६ जना संक्रमित छन् । अफगानिस्तानमा ४० जनाको मृत्यु हुँदा १ हजार २ सय २६ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ३ सय ३४ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा ९४, नेपालमा ४७ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।