अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७
| Colorodo: 17:42
भारतमा दुई दिनका लागि र्यापिड डाइग्नोस्टि विधिबाट गरिने कोरोना परीक्षण रोकिएको छ । र्यापिड टेस्टिङ किट अर्थात् द्रुत परीक्षण किटको विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला इन्डियन काउन्सिल फर मेडिकल रिसर्चले दुई दिनका लागि र्यापिड टेस्टिङ किटको प्रयोग नगर्न सबै राज्यहरुलाई निर्देशन दिएको हो ।
केही ठाउँमा र्यापिड टेस्टिङ किटबाट गरिएको परीक्षणको नतिजा सही नदेखिएको र धेरै गुनासो आएपछि काउसिन्लले दुई दिनका लागि किटको प्रयोग नगर्न भनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।