अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२
| Colorodo: 17:37
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीले आगामी दिनमा अझ बढी खराबस्थिति उत्पन्न हुने चेतावनी दिएको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको हो ।
संगठनका महानिर्देशक डा.टेड्रोस घेब्रियससले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेकाले त्यसबाट लड्न सबै तयार हुनुपर्ने चेतावनी दिनुभयो । संगठनको नियमित मिडिया ब्रिफिङको क्रममा उहाँले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता भएको दावी गर्दै भाइरस विरुद्धको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने बताउनुभयो ।