अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 17:02

भारतमा मे ३ पछि लकडाउन खुकुलो हुने

बिआरटीनेपाल २०७७ वैशाख ९ गते ७:०८ मा प्रकाशित

भारतमा जारी लकडाउन मे ३ अर्थात वैशाख २१ गतेपछि खुकुलो हुने भएको छ। मंगलबार साँझ भारतका रक्षामन्त्री राजनाथ सिंहको नेतृत्वमा बस्ने बैठकले लकडाउन खुकुलो बनाउने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

मे ३ पछि भारतले लकडाउन खुकुलो बनाएपछि केही शर्तहरु भने जारी नै राख्नेछन्। जसअन्तर्गत सामाजिक दूरी कायम राख्नु पर्ने, मास्क लगाउनु पर्ने, रेल वा प्लेनबाट आउने जाने छुट हुने छैन। यसका साथै त्यहाँको क्षेत्र हेरेर मानिसहरुलाई आवत जावत गर्न दिइनेछ जसमा ग्रीन र रेड जोन तोकिनेछ। यस्तै घरबाट निस्कन मिले पनि मास्क लगाएर अनिवार्य लगाउनु पर्ने हुन्छ। एकठाउँमा भेला हुन पाउने छैन।

यस्तै विवाह तथा धार्मिक जस्ता स्थानमा केही राहत दिइनेछ। मुम्बई, दिल्ली, नोइडा, इन्दौर लगायतका क्षेत्रमा विशेष निगरानी राखिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू