अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 16:59

‘टम एण्ड जेरी’का निर्देशक जिनी डिचको ९५ बर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७७ वैशाख ८ गते ८:२७ मा प्रकाशित

‘टम एण्ड जेरी’का निर्देशक एवं ओस्कार विजेता, डिजाइनर जिनी डिचको ९५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार राति पाराग्वेस्थित उनको अपार्टमेन्टमा निधन भएको एपीले जनाएको छ।

फिल्म निर्देशक, एनिमेटर तथा उत्कृष्ट डिजाइनर समेत रहेका डिचको मूभि ‘मुनरो’ ले सन् १९६० मा एकाडेमी अवार्ड फर बेस्ट एनिमेटेड सर्ट फिल्म जितेको थियो। उनले दोस्रो पटक सन् १९६४मा पनि ‘हियर्ज नुदनिक’ र हाउ टु अभोइड फ्रेन्डशीप’का लागि सोही अवार्ड जितेका थिए।

उनलाई सबैले टमका लागि सबैभन्दा राम्रो र उत्कृष्ट डिजाइनर मान्थे। त्यसैले उनले टम टेरेफिक सिरिज नै बनाए। यसका साथै उनले सिड्नीज फ्यामिली ट्री नामक अर्को सिरियल नै तयार पारे र सन् १९५८मा पुनःएकेडेमी अवार्ड नै हात पारे।

अमेरिकाको सिकागोमा सन् १९२४ , अगस्ट ४ तारिखमा जन्मिएका उनी सन् १९५९ मा १० दिनका लागि पाराग्वेमा बस्न गएका थिए । टम एण्ड जेरी उनले १३ भागसम्म बनाए । त्यतिमात्र होइन, उनले पोपिइ द सेलरको पनि सिरिज बनाए जुन सबैको मनमुटुमा बस्न सफल भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू