अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 17:06

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच सयभन्दा धेरै

बिआरटीनेपाल २०७७ वैशाख ७ गते ७:३० मा प्रकाशित

भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ ।

अघिल्लो दिनको तुलनामा भने भारतमा यसबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । संक्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र संक्रमितको सङ्ख्या पनि १५ हजार सात सय १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू