अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 17:01

कोरोना (कोभिड–१९) का कारण विश्वभर १ लाख ६१ हजार १ सय बढीको मृत्यु, ६ लाख ५ हजार ७ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख ७ गते ७:२७ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ६१ हजार १ सय ३७ जनाको ज्यान गएको हो । कोरोना संक्रमित ६ लाख ५ हजार ७ सय १८ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २३ लाख ४७ हजार ८ सय ८४ जना संक्रमित भएका छन् ।

बल्र्डोमिटर्सले जनाएअनुसार आईतबार साँझसम्म कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ३९ हजार १५ जनाको ज्यान गएको छ भने ७ लाख ३८ हजार ९ सय २३ जनामा संक्रमण भेटिएको छ ।

इटालीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ भने १ लाख ७५ हजार ९ सय २५ जना संक्रमित भएका छन् । स्पेनमा २० हजार ४ सय ५३ जनाको ज्यान जाँदा १ लाख ९५ हजार ९ सय ४४ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा १९ हजार ३ सय २३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५१ हजार ७ सय ९३ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १५ हजार ४ सय ६४ जनाको ज्यान गएको छ र १ लाख १४ हजार २ सय १७ जनामा संक्रमण देखिएको छ ।

इरानमा ५ हजार १ सय १८ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ४ हजार ५ सय ४३ र बेल्जियममा ५ हजार ६ सय ८३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ५ सय २१ जनाको ज्यान गएको छ भने १६ हजार ३ सय ६५ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा १ सय ५९ जनाको ज्यान जाँदा ७ हजार ९ सय ९३ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

बंगलादेशमा ९१ , अफगानिस्तानमा ३२, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा ५१, नेपालमा ३१ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू