विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय नाघेको छ । अहिले सम्म संक्रमणका कारण १ लाख ६० हजार ७ सय ५९ जनाको ज्यान गएको हो । ५ लाख ९७ हजार १ सय ९४ उपचारपछि जना निको भएका छन्। संसारभर कोरोनाबाट २३ लाख ३१ हजार ७ सय २७ जना संक्रमित भएका छन् ।
बल्र्डोमिटर्सले जनाएअनुसार आईतबार बिहानसम्म कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ३९ हजार १५ जनाको ज्यान गएको छ भने ७ लाख ३८ हजार ९ सय १३ जनामा संक्रमण भेटिएको छ ।
इटालीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ भने १ लाख ७५ हजार ९ सय २५ जना संक्रमित भएका छन् । स्पेनमा २० हजार ६ सय ३९ जनाको ज्यान जाँदा १ लाख ९४ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा १९ हजार ३ सय २३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५१ हजार ७ सय ९३ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १५ हजार ४ सय ६४ जनाको ज्यान गएको छ र १ लाख १४ हजार २ सय १७ जनामा संक्रमण देखिएको छ ।
इरानमा ५ हजार ३१ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ४ हजार ५ सय ३८ र बेल्जियममा ५ हजार ४ सय ५३ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ५ सय २१ जनाको ज्यान गएको छ भने १६ हजार ३ सय ६५ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा १ सय ४३ जनाको ज्यान जाँदा ७ हजार ६ सय ३८ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।
बंगलादेशमा ८४ , अफगानिस्तानमा ३०, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा ३५, नेपालमा ३१ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।