अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 12:45

चीनको वुहानमा कोभिड–१९ का कारण मृत्यु हुने १ हजार २ सय ९० थपिए

बिआरटीनेपाल २०७७ वैशाख ५ गते ७:३७ मा प्रकाशित

कोरोना भाइरसको उत्पत्ति स्थल मानिएको चीनको वुहानमा मृत्यु हुनेको संख्या १ हजार २ सय ९० जना थपिएको छ । यसअघि फेला नपरेका र गणनामा छुटेको भन्दै मृतकको संख्या थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना गर्न नसक्दा उनीहरुको गणना छुटेको बताइएको छ ।

योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । वुहानमा मात्र कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ पुगेको बताईएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावले मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन नसकेको उल्लेख गरेको छ । त्यतिबेला अस्पताल र मेडिकलहरुमा बिरामीको चाप अधिक हुँदा वास्तविक संख्या छुटेको जनाइएको छ ।

यसअघि अस्पतालमा भर्ना भएकाभन्दा बाहेकका बिरामीको मृत्युलाई समावेश नगरिएको पनि अधिकारीहरुले उल्लेख गरेका छन् । चीनले वास्तविक मृतकको संख्या घटाएको आरोप लाग्दै गरेका बेला वुहानको तथ्यांक सच्चाइनुले आशंका गर्नेहरुलाई बल मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू