अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 12:30

कोरोना (कोभिड–१९) का कारण विश्वभर १ लाख ४७ हजार ५ सय बढीको मृत्यु, ५ लाख ५७ हजार ५ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख ५ गते ७:३७ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार ५ सय नाघेको छ । अहिले सम्म संक्रमणका कारण १ लाख ४५ हजार ५ सय ८ जनाको ज्यान गएको हो । कोरोना संक्रमण भएरपनि ५ लाख ५७ हजार ५ सय १ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २१ लाख ९६ हजार ५ सय ६७ जना संक्रमित भएका छन् ।

बल्र्डोमिटर्सले जनाएअनुसार शुक्रबार साँझसम्म कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ३४ हजार ६ सय ४१ जनाको ज्यान गएको छ भने ६ लाख ७८ हजार २ सय १० जनामा संक्रमण भेटिएको छ । इटालीमा २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार ९ सय ४१ जना संक्रमित भएका छन् । स्पेनमा १९ हजार ३ सय १५ जनाको ज्यान जाँदा १ लाख ८४ हजार ९ सय ४८ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा १७ हजार ९ सय २० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ६५ हजार २७ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १३ हजार ७ सय २९ जनाको ज्यान गएको छ र १ लाख ३ हजार ९३ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ९ सय ५८ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ४ हजार ९८ र बेल्जियममा ५ हजार १ सय ६३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ४ सय ४८ जनाको ज्यान गएको छ भने १३ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा १ सय ३५ जनाको ज्यान जाँदा ७ हजार २५ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

बंगलादेशमा ७५ , अफगानिस्तानमा ३०, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा २८, नेपालमा १६ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू