अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 12:42

जापानमा देशव्यापी आपतकालको घोषणा

बिआरटीनेपाल २०७७ वैशाख ४ गते २१:५१ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण लगातार बढ्ने क्रम जारी रहेपछि जापानमा देशव्यापी आपतकालीन अवस्था लागु भएको छ । योसँगै अब गभर्नरहरुले नागरिकलाई घरमै बस्ने आदेश दिन पाउने भएका छन् । घर भित्रै बस्नका लागि लागि बाध्यकारी कानून लागु गर्ने वा सजायको पनि व्यवस्था भने हुने छैन । देशव्यापी आपतकालीन अवस्था आउँदो मे ६ सम्म जारी रहने जापान सरकारले उल्लेख गरेको छ ।

यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शिन्जो आबेले देशका सात क्षेत्रमा एक महिनाका लागि आपतकालीन अवस्था लागु गर्नुभएको थियो । संक्रमण बढ्दै गएपछि आबे सरकारले नियन्त्रणका लागि गरेका प्रयासको आलोचना सघन हुँदै गएको थियो । जापानमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९० छ भने संक्रमितको संख्या ९ हजार २ सय ३१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू