अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 12:24

बेलायतमा तीन हप्ताका लागि ‘लकडाउन’ थप

बिआरटीनेपाल २०७७ वैशाख ४ गते २१:४९ मा प्रकाशित

बेलायतमा लकडाउनको समय तीन हप्ता थप गरिएको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (कोभिड १९) थप फैलिन नदिन कम्तीमा तीन हप्ता लकडाउन थप्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहनुभएको छ । कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आए, सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने पनि विदेशमन्त्री राबको भनाइ छ ।

प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहनुभएको छ । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ । त्यस्तै १ लाख ३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू