कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ६ सय नाघेको छ । अहिले सम्म संक्रमणका कारण १ लाख ३५ हजार ६ सय ६२ जनाको ज्यान गएको हो । कोरोना संक्रमण भएरपनि ५ लाख २३ हजार ३ सय ६५ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २० लाख ९७ हजार १ सय जना संक्रमित भएका छन् ।
बल्र्डोमिटर्सले जनाएअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा २८ हजार ५ सय ५४ जनाको ज्यान गएको छ भने ६ लाख ४४ हजार ३ सय ४८ जनामा संक्रमण भेटिएको छ । इटालीमा २१ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार १ सय ५५ जना संक्रमित भएका छन् । स्पेनमा १९ हजार १ सय ३० जनाको ज्यान जाँदा १ लाख ८२ हजार ८ सय १६ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा १७ हजार १ सय ६७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ४७ हजार ८ सय ६३ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १२ हजार ८ सय ६८ जनाको ज्यान गएको छ र ९८ हजार ४ सय ७६ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ८ सय ६९ र चीनमा ३ हजार ३ सय ४२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ३ हजार ८ सय ४ र बेल्जियममा ४ हजार ८ सय ५७ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ४ सय २३ जनाको ज्यान गएको छ भने १२ हजार ४ सय ५६ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा १ सय २४ जनाको ज्यान जाँदा ६ हजार ५ सय ५ जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा ६० , अफगानिस्तानमा ३०, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा २३, नेपालमा १६ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।