अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 12:33

दक्षिण कोरियामा सम्पन्न चुनावमा सत्तारुढ पार्टीलाई बहुमत

बिआरटीनेपाल २०७७ वैशाख ३ गते २२:२७ मा प्रकाशित

कोरोना भाइरसको महामारीका बिच भएको आम चुनावमा दक्षिण कोरियाको सत्तारुढ पार्टीले बहुमतसहित जित हाँसिल गरेको छ ।कोरोना भाइरसको महामारी जारी रहेकै बेला चुनाव पर्ने दक्षिण कोरिया पहिलो राष्ट्र हो । मतदानका लागि सामाजिक दूरीसहितका सुरक्षात्मक उपाय अपनाइएको थियो ।

लगभग सबै मतगणना हुँदा राष्ट्रपति मुन जे–इनको डेमोक्र्याटिक पार्टीले ३०० सय सिटको संसदमा १६३ सिट जितेको छ। दक्षिण कोरियामा सन् १९८७ यता कुनै पनि पार्टीले बहुमत प्राप्त गरेको यो पहिलो पटक हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू