कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय नाघेको छ । अहिले सम्म संक्रमणका कारण १ लाख ३४ हजार ६ सय १५ जनाको ज्यान गएको छ । कोरोनाबाट २० लाख ८३ हजार ३ सय ४ जना संक्रमित भएका छन् भने ५ लाख १० हजार ३ सय ४१ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा २८ हजार ५ सय २९ जनाको ज्यान गएको छ भने ६ लाख ४४ हजार ८९ जनामा संक्रमण भेटिएको छ । इटालीमा २१ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार १ सय ५५ जना संक्रमित भएका छन् । स्पेनमा १८ हजार ८ सय १२ जनाको ज्यान जाँदा १ लाख ८० हजार ६ सय ५९ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा १७ हजार १ सय ६७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ४७ हजार ८ सय ६३ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १२ हजार ८ सय ६८ जनाको ज्यान गएको छ र ९८ हजार ४ सय ७६ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ७ सय ७७ र चीनमा ३ हजार ३ सय ४२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ३ हजार ८ सय ४ र बेल्जियममा ४ हजार ४ सय ४० जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ४ सय २२ जनाको ज्यान गएको छ भने १२ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा १ सय ११ जनाको ज्यान जाँदा ६ हजार ३ सय ८३ जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा ५० , अफगानिस्तानमा २५, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा २१, नेपालमा १६ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।