अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 06:03

विश्वभर कोरोना भाइरसबाट १ लाख १० हजार बढीको मृत्यु, करिव १७ लाख ९५ हजार ७ सय संक्रमित

बिआरटीनेपाल २०७६ चैत ३० गते ८:०१ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको छ । अहिलेसम्म संक्रमणका कारण १ लाख १० हजार ६ जनाको ज्यान गएको छ । विश्वभर अहिलेसम्म १७ लाख ९५ हजार ७ सय ६३ जना संक्रमित भएका छन् भने ४ लाख ११ हजार ९ सय ९७जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा २० हजार ५ सय ८० जनाको ज्यान गएको छ । त्यहाँ ५ लाख ३३ हजार १ सय १५ जनामा संक्रमण भेटिएको छ । इटालीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ भने १ लाख ५२ हजार २ सय ७१ जना संक्रमित भएका छन् । स्पेनमा १६ हजार ९ सय ७२ जनाको ज्यान जाँदा १ लाख ६६ हजार १९ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा १३ हजार ८ सय ३२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख २९ हजार ६ सय ५४ जनामा संक्रमण फेला परेको छ । बेलायतमा ९ हजार ८ सय ७५ जनाको ज्यान गएको छ र ७८ हजार ९ सय ९१ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ४ सय ७४ र चीनमा ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा २ हजार ८ सय ७१ र बेल्जियममा ३ हजार ६ सय जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा २ सय ८९ जनाको ज्यान गएको छ भने ८ हजार ५ सय ४ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ८८ जनाको ज्यान जाँदा ५ हजार १ सय ७० जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा ३४ , अफगानिस्तानमा १८, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा २०, नेपालमा १२ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू