अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९
| Colorodo: 03:14
इटालीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म उपचारमा संलग्न १०० चिकित्सकको मृत्यु भएको छ। इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको जनाएको हो ।
मृतकमध्ये सेवा निवृत्त चिकित्सक सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेको बताईएको छ । इटालीमा कोभिड–१९ को सङ्क्रमणबाट १८ हजार २०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् । रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेका अनुमान छ ।