अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 03:00

बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, स्थिति खतरामुक्त

बिआरटीनेपाल २०७६ चैत २७ गते २२:२४ मा प्रकाशित

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बीबीसीले जनाएअनुसार उहाँ खतरामुक्त हुनुहुन्छ । उहाँलाई अहिले जनरल वार्डमा सारिएको छ । कोरोना संक्रमणपछि १४ दिनसम्म आइसोलेशनमा राख्दा पनि स्वास्थ्यमा सुधार नभएपछि जोन्सनलाई अस्पताल भर्ना गरिएको थियो ।

कोरोना भाइरसका कारण उच्च ज्वरो आएसँगै स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाइ आइईसीयूमा राखेर उपचार गरिएका थियो । ५ दिनको उपचारपछि भने उहाँको स्वास्थ्यमा सुधार भएको बीबीसीले जनाएको छ । हाल उनलाई आईसीयूबाट बाहिर निकालिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि जोनसनलाई अझै केही दिन अस्पतालमै राखेर थप उपचार गरिने बताइएको छ ।

५ मार्चमा अस्पताल भर्ना भएका प्रधानमन्त्री जोन्सनलाई ६ मार्चमा आईसीयूमा राखिएको थियो । सेन्ट थोमस अस्पतालमा उहाँको उपचार भइरहेका प्रधानमन्त्री जोन्सन दुई साता अघिबाट कोरोना भाइरस संक्रमणमा पर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू