कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८९ हजार नाघेको छ । बिहीवार साँझ सम्म संक्रमणका कारण ८९ हजार ७ सय ५६ जनाको ज्यान गएको छ । विश्वभर अहिलेसम्म १५ लाख ३४ हजार १ सय २६ जना संक्रमित भएका छन् भने ३ लाख ३७ हजार ५ सय ६१ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण सवैभन्दा बढी इटालीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने १ लाख ३९ हजार ४ सय २२ जना संक्रमित भएका छन् । स्पेनमा १५ हजार २ सय ३८ जनाको ज्यान जाँदा १ लाख ५२ हजार ४ सय ४६ जनामा संक्रमण देखिएको छ । संयुक्त राज्य अमेरिकामा १४ हजार ७ सय ९७ जनाको ज्यान गएको छ । त्यहाँ ४ लाख ३४ हजार १ सय ६७ जनामा संक्रमण भेटिएको छ ।
फ्रान्समा १० हजार ८ सय ६९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख १२ हजार ९ सय ५० जनामा संक्रमण फेला परेको छ । बेलायतमा ७ हजार ९७ जनाको ज्यान गएको छ र ६० हजार ७ सय ३३ जनामा संक्रमण देखिएको छ । इरानमा ३ हजार ९ सय ९३ र चीनमा ३ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा २ हजार ३ सय ४९ र बेल्जियममा २ हजार २ सय ४० जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी १ सय ८६ जनाको ज्यान गएको छ भने ६ हजार २ सय ३७ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ६३ जनाको ज्यान जाँदा ४ हजार २ सय ६३ जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा २१ , अफगानिस्तानमा १५, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा १९, नेपालमा ९ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ ।