अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९
| Colorodo: 03:04
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको राजनीतिकरण अन्त्य गर्न आग्रह गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले चीनको पक्षमा काम गरेको आरोप लगाएपछि डब्ल्युएचओ प्रमुखले यस्तो आग्रह गर्नुभएको हो ।
टेड्रोसले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राखेर महामारीविरुद्ध एक हुन अपिल समेत गर्नुभएको छ । डब्ल्युएचओले सबै मुलुकसंग नजिक रहेको भन्दै अमेरिका र चीनबाट इमान्दार नेतृत्व गर्न जोड दिएको छ ।
यसअघि, डब्ल्युएचओले संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै ट्रम्पले अमेरिकी सहयोग रोक्ने चेतावनी दिनुभएको थियो । ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी फैलनुमा डब्लुएचओले आफूलाई दिएको गलत सूचना कारक रहेको आरोप समेत लगाउनुभएको थियो । काठमाडौप्रेसबाट