अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८
| Colorodo: 03:13
एन्टार्कटिकाको एउटा जहाजमा ६० प्रतिशत मानिसमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो जहाज २ सयभन्दा बढी मानिसलाई लिएर एन्टार्टिकाका लागि गएको थियो । तर, उरुग्वे नजिकैको समुद्रमा जहाजलाई रोकिएको छ । द ग्रेग मोरटाइमर नामक जहाजमा १५ मार्चमा एन्टार्टिका र साउथ जर्जियाको यात्राका लागि निस्केको थियो ।
चालक दलसहित २ सय १७ जना सवार यस जहाजका १ सय २८ जनामा कोरोना पुष्टि भएको बताइएको छ भने ८९ जनामा कोरोना नभएको पुष्टि भएको छ । कोरोना भेटिएकामध्ये गम्भीर ६ जनालाई जहाजबाट उतारिएको छ र उनीहरुको उपचार उरुग्वेको मोन्टेभीडियोमा भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य बताइएको छ ।