अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६
| Colorodo: 21:01
कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म त्यहाँ कुल संक्रमितको संख्या ३ हजार ५८८ पुगेको छ ।
भारतीय संचारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शनिबार भारतमा एकै दिन १३ जनाको मृत्यु भएको छ ।
भारतमा कुल संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । बाँकी ३ हजार २६० जना उपचाररत रहेकोे तथ्यांकमा जनाइएको छ ।
