अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६
| Colorodo: 21:51
चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ । मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइएको छ भने सार्वजनिक र औपचारिक कार्यक्रम समेत गरिएको छैन ।
कोरोनाका कारण मृत्यु हुनेहरुलाई सहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले जनाएको छ । स्थानीय समयअनुसार बिहान दश बजे तीन मिनेट मौनधारण गर्नुका साथै साइरन र घण्टीहरु बजाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच आज चीनमा क्विमिङ फेस्टिवल अन्तरगत आफ्ना पुर्खा वा मृतक आफन्तहरुको स्मरण गरिएको छ ।
चीनले यसअघि सन् २००८ मा दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा आएको भूकम्पमा परेर मृत्यु भएका ६९ हजार मानिसको सम्झनामा विश्वव्यापी रुपमा शोक मनाएको थियो ।