अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 21:57

विश्वमा कोरोना (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो , ११ लाखको हाराहारीमा संक्रमण

बिआरटीनेपाल २०७६ चैत २१ गते २२:३१ मा प्रकाशित

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड– १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ हजार १४१ पुगेको छ । अहिलेसम्म विश्वभर ११ लाखको हाराहारीमा मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख २८ हजार ४०५ उपचारपछि घर फर्किएका छन् । अहिले ८ लाख १० हजार २६५ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ३९ हजार ४३९ जना भने गम्भीर अवस्थामा छन् ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन र अमेरिका रहेका छन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ६८१ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७६६ जनाको मृत्यु भएको छ भने ४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख १९ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । तीमध्ये १९ हजार ७५८ जना पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ ८५ हजार ३८८ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ४ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

अमेरिका सबैभन्दा बढी कोरोना संक्रमण हुने देश रहेको छ । अहिलेसम्म अमेरिकामा २ लाख ७७ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । शुक्रबार मात्रै अमेरिकामा ३२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट ७ हजार ४ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा १ हजार ३२१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १२ हजार २८३ जना भने पूर्ण रूपमा निको भएका छन् । अहिले अमेरिकामा २ लाख ५७ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ५ हजार ७८७ जनाको भने अवस्था गम्भीर रहेको छ ।

स्पेनमा अहिलेसम्म कोरोनाका कारण ११ हजार १ सय ९८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ८५० जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म १ लाख १९ हजारभन्दा बढी कोरोना संक्रमित भएको छन् । तीमध्ये ३० हजार ५१३ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ७७ हजार ४८८ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ६ हजार ४१६ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी पनि रहेको छ । जर्मनीमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ९१ हजार १५९ पुगेको छ । तीमध्ये २४ हजार ५७५ जना भने पूर्ण रूपमा निको भइसकेका छन् । अहिले जर्मनीमा ६५ हजार ३०९ जनामा कोरोना सक्रिय रहेको छ । करिब ४ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ १ हजार २७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

चीनमा अहिलेसम्म कुल ८१ हजार ६२० जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले १ हजार ७२७ जनामा मात्रै कोरोनाको सक्रिय रहेको छ । ७६ हजार ५७१ भने पूर्ण रुपमा निको भइसकेका छन् । अहिले त्यहाँ ३७९ जनाको अवस्था भने गम्भीर रहेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ६ हजारको मृत्यु भएको छ भने ८२ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ हजार ३२० जनाको मृत्यु भएको छ । त्यसपछि फ्रान्समा १ हजार १२०, स्पनेमा ८५०, इटालीमा ७६६, जर्मनीमा १६८, इरानमा १३४, बेलायतमा ६८४, स्वीजरल्याण्मा ५५, नेदरल्याण्डमा १४८, दक्षिण कोरियामा ५, बेल्जियममा १३२, अष्ट्रियामा १०, टर्कीमा ६९, क्यानडामा ३५, पोर्चुगलमा ३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमण पनि अमेरिकामा नै भएको छ । अमेरिकामा ३२ हजार ८८ संक्रमित भएका छन् । त्यस्तै इटालीमा ४ हजार ५८५, स्पेनमा ७ हजार १२४, जर्मनीमा ६ हजार ३६५, फ्रान्समा ५ हजार २३३, चीनमा ३१, इरानमा २ हजार ७१५, बेलायतमा ४ हजार ४५०, टर्कीमा २ हजार ७८६, नेदरल्याण्डमा १ हजार ८३ संक्रमित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू