अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 20:46

कोरोना भाइरसबाट ज्यान गुमाउने ६१ हजार नाघे, ११ लाख बढी संक्रमित

बिआरटीनेपाल २०७६ चैत २१ गते २१:३९ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६१ हजार नाघेको छ । शनिबार साँझसम्म ६१ हजार १ सय ४१ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण सवैभन्दा बढी इटालीमा १४ हजार ६ सय ८१ जनाको मृयु भएको छ भने स्पेनमा ११ हजार ७ सय ४४ र अमेरिकामा ७ हजार ४ सय ६ जनाको ज्यान गएको छ।

फ्रान्समा ६ हजार ५ सय ७, बेलायतमा ४ हजार ३ सय १३ , इरानमा ३ हजार ४ सय ५६ र चीनमा ३ हजार ३ सय २६ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा १ हजार २ सय ९३ र बेल्जियममा १ हजार २ सय ८३ जनाको ज्यान गएको छ।

विश्वभर हालसम्म ११ लाख ३८ हजार ३ सय ५७ संक्रमित भएका छन् भने २ लाख ३६ हजार १ सय ५७ जना निको भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू