अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 22:07

कोलोराडोको डेनभर सहरमा भोलि बेलुका ५ बजे देखी ‘स्टे–एट–होम अर्डर’

बिआरटीनेपाल २०७६ चैत १० गते १७:०४ मा प्रकाशित

डेनभर । मेयर माइकल हेनककले सिटी र काउन्टी अफ डेनभरमा ‘स्टे–एट–होम अर्डर’ जारी गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न जारी गरिएको उक्त आदेश भोलि मङ्गलवार साँझ ५ बजेदेखि कार्यान्वयनमा आउने छ ।

आगामी अप्रिल १०, २०२० सम्मका आगि जारी गरिएको उक्त आदेश ‘अनुरोध’ नभएको मेयर हेनककले प्रस्ट पारेका छन् । ‘तपाईँ बिरामी हुनहुन्छ भने पनि घरमा बस्नुपर्छ, बिरामी हुनुहुन्न भने पनि घरमा बस्नुपर्छ,’ उनले भनेका छन्, ‘यो अनुरोध होइन ।’

ग्रोसरी स्टोरी, औषधी र व्यायाम सामाग्री भएका पसलहरू भने खुला रहने छन् । तर, ‘सोसियल डिस्ट्यान्सिङ’ भने कायम राख्नु पर्नेछ ।

सिटी र काउन्टी पार्क खुला रहने छन् । पार्क रेञ्जरहरुले पार्क नियन्त्रण गर्नेछन् । ‘स्टे–एट–होम’ अर्डर कार्यान्वयन गर्न पार्कमा अनावश्यक गतिविधि गर्न दिइने छैन । पार्कमा रहेका खेलकुद मैदान बन्द रहने छन् । निश्चित दुरीमा रहने गरी आउट डोर एक्सरसाइज भने गर्न दिइने छ ।

प्रहरीले ‘स्टे–एट–होम’ अर्डर अनुगमन गर्नेछ । प्रहरी आवश्यकता अनुसार परिचालित हुनेछ । छुट नपाएका व्यवसायहरू बन्द गर्न इन्स्पेक्टरहरू खटाइने छन् । ‘स्टे–एट–होम’ अर्डर स्वैच्छिक रूपमा लागु भएको हेर्न चाहेको मेयर हेनककले बताए । त्यसो नभए आवश्यकता अनुसार सुरक्षा अधिकारी प्रयोग गरिने उने प्रस्ट पारे ।

रेस्टुरेन्टले डेलिभरी र टेक आउट अर्डर सेवा दिन पाउने छन् । मदिरा पसलका हकमा भने डेलिभरी दिन पाउने छुट छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय