अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 23:04

कोरोनाको संक्रमणबाट इटालीमा मेयरको मृत्यु

बिआरटीनेपाल २०७६ चैत २ गते ९:१० मा प्रकाशित

कोरोना भाइरसका कारण इटालीमा मेयरको मृत्यु भएको छ । इटालीको चियेने नगरका मेयरको मृत्यु भएको हो । उत्तरी इटालीस्थित चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका हुन् ।

मार्च ७ देखि कोरोना संक्रमित उनको अस्पतालमा उपचार भइरहेको थियो । उनको कोरोना भाइरसका कारण फोक्सोको संक्रमण भएको जनाइएको छ । यो नगर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ ।

इटालीमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ४४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजारभन्दा धेरै संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू