अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 23:05

इटालीयनहरुद्धारा घर घरबाट राष्ट्रिय गीत गाएर कोरोनाविरुद्ध लड्ने प्रतिबद्धता

बिआरटीनेपाल २०७६ चैत २ गते ८:४२ मा प्रकाशित

कोरोना भाइरसको प्रकोपसंग जुधिरहेको इटलीका जनताले घर घरबाट राष्ट्रिय गीत गाएर कोरोनाविरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् । सांगीतिक बाजा बाहेक थाल समेत ठटाएर राष्ट्रिय गीतमार्फत उनीहरुले कोरोनाविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

राजधानी रोमलगायत शहरका गल्ली गल्लीका घरका बालकोनीबाट सर्वसाधरणले गीत गाएर एक हुने र संक्रमणविरुद्ध लड्न हिम्मत नहार्ने दृढता व्यक्त गरेका छन् ।

इटलीका प्रख्यात गायक संगीत गुरु अलेस्यान्ड्र लियोले आफनो घरको बाल्कोनीबाट गीत संगीत प्रस्तुत गर्दै जनतालाई मनोरन्जन दिएका छन् । इटालीमा कोरोनाको माहामारी फैलिएपछि पूरै देशलाई क्वारेन्टाइनको अबस्थामा राखिएको एक हप्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू