कोरोना भाइरस चीनबाट सुरु नै नभएको चीनको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको टिप्पणीपछि चीनको यस्तो भनाइ आएको हो ।
शुरुमा कोरोना भाइरस चीनको मध्य प्रान्त हुबेइबाट शुरु भएको मानिएको थियो । यद्यपि, भाइरस चीनबाट शुरु नभएको हुन सक्ने बताइएको छ । कोरोना भाइरस गत वर्षको डिसेम्बरबाट शुरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
वुहान कोरोना भाइरसको मुख्य केन्द्रविन्दु भन्नु गैर जिम्मेवारपूर्ण अभ्यास भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । त्यसयता विश्वका १ सय १९ भन्दा बढी मुलुकमा विस्तार भइसकेको छ । १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने विश्वभर ४ हजार तीन सयको मृत्यु भइसकेको छ । हालसम्म संक्रमित र मृत्यु हनेको अधिकांश संख्या चीनमा रहेको छ ।
भाइरस चीनबाट सुरु भएको भन्नु चीनलाई कलंकित पार्ने गैर जिम्मेवारपूर्ण व्यवहार भएको चिनियाँ मन्त्रालयकी प्रवक्ता गेङ सुआङले बताउनुभयो ।