अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१
| Colorodo: 15:16
चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरसको उद्गमस्थल वुहान भ्रमणमा जानुभएको छ । कोरोनाको संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानी बुहानबाट कोरोनाको संक्रमण सुरु भएको थियो । कोरोनाको संक्रमण घट्दै गएपछि राष्ट्रपति सी वुहान पुग्नुभएको हो । उहाँले वुहानमा प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ ।
राष्ट्रपति सी ले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई पनि भेट्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।