अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 15:07

चीनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको पाँच तले होटेल भत्कियो, कम्तीमा १० जनाको मृत्यु, ४० जनाको उद्धार

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:१६ मा प्रकाशित

चीनको ग्वान्जाओमा क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएको सिञ्जिया होटेल भत्कँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । ७० जना फसेका छन् ।४० जनालाई उद्धार गरिएको छ । उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सन् २०१८ मा निर्मित उक्त होटलमा ८० वटा पाहुना कक्ष रहेका थिए । होटलमा रहेका ७० जना कोरोना संक्रमितको सम्पर्कमा आएका कारण उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । होटेल भत्कनुको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू