अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 13:52

कोरोना भाइरसः इरानमा यात्रा गर्न प्रतिवन्ध, एक महिनाका लागि शिक्षण संस्थाहरु बन्द

बिआरटीनेपाल २०७६ फागुन २३ गते ८:१७ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इरानले विभिन्न शहरमा यात्रा गर्न सर्वसाधारणलाई प्रतिवन्ध लगाएको छ । कोरोनाका कारण इरानमा मात्र १० जनाको मृत्यु भइसकेको छ । संक्रमण फैलन नदिन एक महिनाका लागि शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

त्यसैगरी कागजी नोटको प्रयोग घटाउन पनि इरानले आग्रह गरेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही देशले कोरोनाको संक्रमण नियन्त्रणका लागि अझै प्रभावकारी कदम नचालेको आरोप लगाएको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण ९२ हजार भन्दा बढी प्रभावित भएका छन् ।

जसमध्ये ८० हजार भन्दा चीनकै नागरिक संक्रमित भएको समाचारमा जनाइएको छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू