अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 13:47

टर्कीको संसद बैठकमा तोडफोड, बैठक कक्षमै कुर्सी प्रहार

बिआरटीनेपाल २०७६ फागुन २२ गते ७:२३ मा प्रकाशित

विपक्षी दलका सांसदहरुको अभिव्यक्तिलाई लिएर टर्कीको संसदमा तोडफोड भएको छ । राष्ट्रपति रेसेर तैयिप एर्दोगानले सिरियामा मारिएका टर्कीका सेनाको अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै सांसदहरुबीच हात हालाहाल भएको हो ।

आक्रोसित सांसदहरुले बैठक कक्षमा कुर्सी प्रहार गरेको आरोप लगाइएको छ । विपक्षी दलले गत हप्ता सिरियाको इडलिबमा मरिएका सैनिकको अपमान गर्ने अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

आफ्नो पार्टीका सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति एर्दोगानले यसअघि सिरियाको उत्तरपश्चिम प्रान्तमा टर्कीको सैन्य संलग्नतामाथि प्रश्न उठेको बताउनुभएको थियो । गतहप्ता सिरियाली सेनाको हवाइ कारवाहीमा ३४ जना टर्कीस सैनिकको मृत्यु भएको थियो । आन्दोलन बढ्दै गएपछि १० लाख भन्दा बढी सिरियाली नागरिक बिस्थापित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू