अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 13:47

कोरोना भाइरसः अमेरिकामा १ सय ५० संक्रमित, क्यालिफोर्नियामा संकटकालको घोषणा

बिआरटीनेपाल २०७६ फागुन २२ गते ७:२० मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट १६ स्टेटमा एक सय ५० संक्रमित भएका छन् । भने ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले यसको पुष्टि गरेको हो ।

यता, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको घोषणा गर्नुभएको छ ।कोरोना भाइरसको संक्रमण क्यालिफोर्निया राज्यमा नबढोस् भनेर संकटकालको घोषणा गरिएको बताइएको छ ।

न्यूसमका अनुसार क्यालिफोर्नियामा अहिले ९ हजार ४ सय लाई निगरानीमा राखिएको छ । यसअघि ८ हजार ४ सय जनालाई निगरानीमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू