अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

टर्कीद्वारा सिरियाका लडाकू विमानमाथि गोली प्रहार

बिआरटीनेपाल २०७६ फागुन १९ गते ७:१६ मा प्रकाशित

टर्कीले सिरियाका लडाकू विमानमाथि गोली प्रहार गरेको छ । सिरियाको उत्तरपश्चिम इडलिबमा टर्कीले दुई वटा सरकारी लडाकू विमानमा आक्रमण गरेको हो ।

टर्कीको रक्षा मन्त्रालयका अनुसार विमान क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भने भएको छैन । टर्कीले सिरियाविरुद्ध सैन्य कारवाहीको घोषणा गरेलगत्तै आक्रमण भएका समाचारमा जनाइएको छ । आक्रमणका कारण सिरियाली सेनाको अल नायाराब विमानस्थल र अलेप्पो शहर प्रभावित भएको थियो ।

बढ्दो तनावका बीच सिरियाली सरकारले हवाइ मार्गहरु बन्द गरेको छ । रसियन वायू सेनाको समर्थन पाएको टर्कीले पछिल्लो पटक सिरियामा हमला गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय