अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४
| Colorodo: 11:59
नाइजेरियाली सेनाका एकजना सिपाहीले आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत् उनले चलाएको बन्दुकबाट अरु दुईजना घाइते भएको उल्लेख छ ।
सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताएका छन् । उक्त घटनाका बारेमा सेनाले छानबिन सुरु गरेको पनि प्रवक्ता मुसाले बताएका छन् ।