अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 09:15

यूरोपेली मुलुकमा कोरोना भाइरस संक्रमणको घोषणा

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:२३ मा प्रकाशित

विभिन्न यूरोपेली मुलुकहरुले आफ्नो मुलुकमा पहिलोपल्ट कोरोना भाइरसको संक्रमण देखापरेको घोषणा गरेका छन् । कोभिड–नाइन्टिन नाम दिइएको संक्रमणको प्रकोप देखिएको इटलीसँग सबै घटना जोडिएका छन् । अस्ट्रिया, क्रोएशिया र स्विट्जरल्यान्डले इटली पुगेर आएका व्यक्तिहरूमा संक्रमण देखिएको बताएका छन् ।

ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा पनि पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएको छ । त्यहां पनि संक्रमित व्यक्ति इटलीबाट फर्किएका थिए । पछिल्लो समय युरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक इटली बनेको छ । त्यहाँ सक्रमितको संख्या ३ सय बढी र मृत्यु हुनेको संख्या ११ पुगेको छ । तर पनि इटालीका छिमेकीहरुले उसँगको सीमानाका बन्द गर्ने कदम अनुपयुक्त हुने बताएका छन् ।

फ्रान्स, जर्मनी र इटलीका स्वास्थ्यमन्त्री तथा युरोपेली आयोगले नाकाहरू खुला राख्ने प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरसको प्रकोप अझै फैलन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले तत्काल तयारी गर्न यी देशहरूलाई सुझाव दिएको छ । उता, इरानमा देखिएको प्रकोपको स्तर चिन्ताजनक रहेको बताइन्छ । त्यहाँ १५ जनाको मृत्यु भएको छ भने एक सय संक्रमित छन् ।

दक्षिण कोरियामा ११ को मृत्यु र संक्रमितको संख्या १२ सय ६१ पुगेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोन भाइरसका कारण त्यहां २७ सय १५ जनाको मृत्यु र ७८ हजार बढी संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू