अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 09:13

दिल्लीमा हिन्दु–मुस्लिमबीच हिंसात्मक झडप, मर्नेको संख्या २२ पुग्यो

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:१६ मा प्रकाशित

भारतको राजधानी नयाँदिल्लीको उत्तर–पूर्वी क्षेत्रमा तेस्रो रात पनि हिंसात्मक समूहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा दशकौंपछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २२ जनाको मृत्यु भएको छ । मारिनेहरूमा हिन्दु र मुस्लिम दुवै समुदायका मानिसहरू छन् ।

१८९ जना घाइतेको दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये केहीलाई गोली लागेको र केहीको शरीरमा चक्कुको घाउ रहेको अस्पतालले जनाएको छ । गएको आइतबार नारिकतासम्बन्धी नयाँ विवादास्पद कानुनको पक्षधर र विरोधीहरुबीच पहिलोपटक झडप भएको थियो ।

तर, अहिले आएर हिंसाले हिन्दु र मुस्लिम समुदायबीच साम्प्रदायिक दंगाको रुप लिन थालेकोजस्तो देखिएको छ । मुस्लिम बाहुल्य क्षेत्र मजुपुर, मुस्ताफाबाद, जाफ्रबादमा हिंसा चर्किएको हो । हिंसाका क्रममा धार्मिक आस्थाका आधारमा निशाना बनाइएको छ ।

हिंसा भड्किएको तीन दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ट्वीटरमार्फत् शान्त रहन आह्वान गर्दै शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउन काम भइरहेको बताउनुभएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अवस्था गम्भीर रहेको भन्दै सेना परिचालन गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू