अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 23:02

अमेरिकी संसदमा राष्ट्रपति र सभामुखबीच टकराव, ट्रम्पले मिलाएनन् हात, पेलोसीले च्यातिदिइन् भाषण

बिआरटीनेपाल २०७६ माघ २२ गते ४:४२ मा प्रकाशित

अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख न्यान्सी पेलोसीबीच टकरावको स्थिति भएको छ । राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा दुबै सदनको संयुक्त बैठकमै उनीहरूबीचको मनमुटाव सार्वजनिक भएको हो । उनीहरुबीच एकअर्काले उपेक्षा गरे भने सार्वजनिक रूपमा रिस पोखापोख भयो ।

सम्बोधनका लागि अघि बढ्दै गरेका राष्ट्रपति ट्रम्पसँग सभामुख पेलोसीले हात मिलाउन खोज्दा ट्रम्पले बेवास्ता गर्नुभएको थियो । पेलोसीले पनि ट्रम्पलाई पोडियममा बोल्न बोलाउँदा ‘हाइ प्रिभिलेज एन्ड डिस्टिन्क्ट अनर’ भन्नुभयो । उहाँले अमेरिकाका राष्ट्रपति मात्र सम्बोधन गर्नुभयो ।

आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको र अमेरिकी जनताको मनोबल बढेको ट्रम्पले सो अवसरमा बताउनुभयो । भाषण सकिएपछि दुबै सदनका रिपब्लिकन सांसदले उठेर उनीप्रति सम्मान देखाए पनि डेमोक्र्याट सांसदहरू भने स्थानबाट उठेनन् र बसिरहे ।

सभामुख पेलोसीले भने ट्रम्पले आफूलाई दिएको भाषणको प्रति नै धूजाधूजा बनाएर च्यातेर फालिदिनुभयो । यस घटनालाई अमेरिकी संसदको इतिहासमै बिरलै मानिएको छ । हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट आफूविरुद्ध महाअभियोगको प्रस्ताव पारित गरेपछि ट्रम्प पेलोसीसँग रुष्ट हुनुहुन्छ । यद्यपि, आफ्नो दलको बहुमत रहेको सीनेटबाट तल्लो सदनले पठाएको महाअभियोग प्रस्ताव विफल हुनेमा ट्रम्प ढुक्क रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू