अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३०
| Colorodo: 22:45
कोरोना भाईरसको कारण चीनमा ज्यान गुमाउनेको संख्या ४२५ पुगेको छ । यो संगै मंगलबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ४२७ पुगेको छ। जसमध्ये ४२५ को मृत्यु चीनमै भएको छ।
सोमबार मात्रै चीनमा थप ३ हजार २ सय ३५ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो । मंगलबार बिहानसम्म २० हजार ४ सय ३८ चिनियाँ नागरिकमा यसको संक्रमण देखिएको छ। विश्वका विभिन्न मुलुकमा कम्तीमा १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ।
हङकङमा कोरोना भाइरसका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो । हङकङमा कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको बारेमा विस्तृत जानकारी आइसकेको छैन।