अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 22:53

केन्याको एक विद्यालयमा भागदौड मच्चियो, १४ विद्यार्थीको मृत्यु

बिआरटीनेपाल २०७६ माघ २१ गते ४:२२ मा प्रकाशित

केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी बालबालिका घाइते भएको समाचारमा जनाइएको छ ।

सानो भर्याङबाट सबै विद्यार्थी एकै पटक निस्क्न खोज्दा भागदौड भएको हुन सक्ने अधिकारीहरुले आंशंका गरेका छन् । तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष पनि नैरोबीकै एक प्राथमिक विद्यालयको भवन भत्किँदा ८ जना बालबालिकाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू