अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 20:08

इयूबाट अन्ततः बेलायत बाहिरियो

बिआरटीनेपाल २०७६ माघ १६ गते ७:०४ मा प्रकाशित

११ महिनाको संक्रमणकालपछि शुक्रबारदेखि बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिने भएको छ। बुधबार ब्रसेल्सस्थित युरोपेली संसदमा भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका हुन्।

४९ सांसदविरूद्धमा उभिए भने १३ जनाले मत नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतबाट प्रतिनिधित्व गर्ने ७३ जना सांसदले भने युनियन झण्डा प्रदर्शन गरेर इयूसँग बहिगर्मनको हर्षोल्लास गरेका छन् ।

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू