अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२१ | Colorodo: 10:36

पाकिस्तानले रोक्यो लाहोर– दिल्ली रेल्वे सेवा

बिआरटीनेपाल २०७५ फागुन १६ गते ८:३६ मा प्रकाशित

पाकिस्तानले लाहोरबाट भारतको दिल्ली जाने सम्झौता एक्सप्रेस रेल सेवालाई रोकेको छ । पाकिस्तानले अर्को सूचना नभएसम्मका लागि सम्झौता एक्सप्रेसको सेवा निलम्बित भएको सूचना सार्वजनिक गरेको हो । सम्झौता एक्सप्रेस हप्तामा दुई पटक सञ्चालनमा आउने गरेको छ ।

दुई देशबीचको यो एकमात्र रेल सञ्चालनमा थियो। १९७६ मा दुई देशले रेल्वे सेवा सञ्चालनको सम्झौता गरेका थिए । सुरूवातमा दैनिक ४२ किलोमिटर चल्ने गरेको रेल्वेपछि हप्तामा दुई पटक ३ किलोमिटरमा सीमित हुन पुगेको थियो ।

रेल वगहा बोर्डर पार गर्ने गरेको थियो। विगतमा पनि यो रेल सेवा अवरूद्ध हुँदै सञ्चालनमा आएको थियो । सन् २००१ मा भारतीय संसदमा भएको आक्रमणपछि पनि केहीसमय रेल सेवा निलम्बनमा परेको थियो । त्यस्तै बेनिजिर भुट्टोको हत्यापछि पनि सन् २००७ मा सेवा केही समय अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू