अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 11:40

भारतीय हमलाको जवाफ कडा दिनेछौँ – पाकिस्तानी विदेशमन्त्री

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:५० मा प्रकाशित

भारतीय सेनाले अन्तर्राष्ट्रिय सीमा नाघेर पाकिस्तानमा बम हानेपछि दुवै देशको सम्बन्ध तिक्तापूर्ण भएको छ । मंगलबार बिहान भारतीय सेनाले पाकिस्तानसँगको सीमारेखा पार गरेर बम प्रहार गरेको थियो । यसैबीच पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभुता उलंघन गरेको बताउनुभएको छ । भारतले भने पाकिस्तानमा रहेको आतंकवादी संगठन जैस ए मोहम्मदको क्याम्प लाई लक्षित गरेर बम प्रहार गरेको बताएको छ ।

पाकिस्तानको आकाशमा आएका भारतीय सैन्य विमानलाई त्यहाँको वायुसेनाले भगाएको पाकिस्तानी सेनाले भनेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषदको बैठकले भारतीय सेनाले बालाकोट नजिकै कथित आतंकी शिविर नष्ट गरेको र ठूलो मानवीय हताहती गरेको भन्ने भारतीय दाबी झूटो भएको बताएको छ । पाकिस्तानले सम्प्रभुता उलंघनको जवाफ भारतलाई उचित समयमा दिइने बताएको छ ।

पाकिस्तानले भारतले हमला गरेको भनेर दाबी गरेको ठाउँमा अन्तर्राष्ट्रिय संचारमाध्यमका पत्रकारलाई देखाउने तयारी गरेको छ । सुरक्षा परिषदको बैठकपछि पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भन्नुभएको छ , “भारतले एकपटक फेरि आधारहीन र मनगढन्ते दाबी दिएको छ । यो यो आन्तरिक आवश्यकता पूरा गर्नका लागि गरिएको हो । भारतमा चुनाव आउन लागेको छ । यसले क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा पारेको छ ।” यसैवचि, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंग र जनतालाई जस्तोसुकै स्थितिका लागि तयार रहन निर्देशन दिनुभएको छ । उहाँले यो पाकिस्तानको विरुद्ध आक्रमण भएको र त्यसको जवाफ दिइने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू