अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 11:04

भियतनाम पुगे किम र ट्रम्पका ‘डुप्लिकेट’

बिआरटीनेपाल २०७५ फागुन १२ गते ८:५८ मा प्रकाशित

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘डुप्लिकेट’ भियतनाममा पुगेका छन् । किम र ट्रम्पबीच भियतनाममै भेटवार्ताको तयारी भइरहेको समयमा उनीहरुको जस्तै हुलिया बनाएर अभिनय गर्ने दुईजना भियतनाम पुगेका हुन् । किमजस्तै देखिने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइटले भियतनाममा शिखर सम्मेलनको नक्कल पनि गरेका थिए । उनीहरुले संचारकर्मीसँग संक्षिप्त कुराकानीसमेत गरेका थिए ।

सो घटनालगत्तै उनीहरुलाई भियनताम प्रहरीले नियन्त्रणमा लिएर चेतावनी दिएको छ । उनीहरु दुवैले आफूहरुलाई भियनतामबाट फिर्ता गरिदिने धम्की आएको बताएका छन् । “प्रहरीले हामीलाई किम र ट्रम्पको नक्कल बन्द गर्न चेतावनी दिँदै अन्यथा भियतनामबाट बाहिर निकालिदिने धम्की दिएका छन,’ सञ्चारकर्मीसँग उनीहरुले भनेका छन्” ।

हावर्ड र ह्वाइटले भियतनामको राजधानी हनोइमा नक्कली शिखर सम्मेलन आयोजना गरेका थिए । उत्तर कोरियाको परमाणु महत्वाकांक्षालाई कम गराउनु आफूहरुको उद्देश्य रहेको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू