अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 11:20

ट्रम्पसंगको शिखर वार्ताकोे उत्तर कोरियाली नेता उन भियतनाम प्रस्थान

बिआरटीनेपाल २०७५ फागुन १२ गते ८:४४ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि भियतनाम प्रस्थान गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि कोरियाली नेता उन शनिबार साँझ राजधानी प्योङयाङबाट रेलमार्फत् भियतनाम प्रस्थान गरेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । किम आफ्नी बहिनी किम यो जोङ तथा उहाँका केही नजिकका सहयोगी अधिकारीसँग त्यसतर्फ प्रस्थान गर्नुएको हो ।

उत्तर कोरिया र अमेरिकाबीचको दोस्रो शिखर वार्ता भियतनामको राजधानी हनोईमा आगामी बुधबार र बिहीबार हुँदैछ । गत वर्ष उत्तर कोरिया र अमेरिकाबीच सिंगापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो ।

सो वार्तामा उत्तर कोरियाले आफूलाई परमाणु हतियार उत्पादनबाट टाढा राख्न हरेक प्रकारका सम्झौताहरुका लागि तयार रहेको सन्देश अमेरिकालाई दिएको थियो । यसबीचमा अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यास गरेपछि दुई मुलुकबीचको सम्बन्ध फेरि चिसिएको हो कि भन्ने आशंकाहरुबीच भियतनाममा दोस्रो शिखर वार्ता हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू