अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 11:35

भेनेजुयलामा सीमानाका खुलाउन भएको प्रदर्शनमा कम्तीमा २ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:३० मा प्रकाशित

भेनेजुएला सरकारले ब्राजिलसँगको सीमावर्ती नाका बन्द गरेपछि भएको प्रदर्शनमा कम्तिमा २ जनाको मृत्यु भएको छ । ब्राजिलको सीमावर्ती क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । सरकारले बन्द गरेको नाकाबाट सामान ल्याउन खोज्नेहरुमाथि सुरक्षाकर्मीले कारबाही गरेका हुन् ।

राष्ट्रपति निकोलस मदुरोले अमेरिकालगायतका देशले दिएको मानवीय सहायता भित्रिन नदिन ब्राजिलसँगको सीमानाका बन्द गर्ने घोषणा गर्नुभएको थियो । राष्ट्रपतिले नाका बन्द गरेपछि आक्रोसित भएकाहरुले नाका खोल्ने प्रयास गरेका थिए ।

भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोले अमेरिकालगायतका युरोपेली मुलुकसँग मानवीय सहायताको अपील गर्नुभएको थियो । सोहीबमोजिम अमेरिकाले मानवीय सहायता सीमावर्ती क्षेत्रसम्म पुर्याएको छ । तर ती सामग्री भेनेजुएला प्रवेश गर्न दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू