लोकप्रिय गायिका तथा राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली अमेरिकाको वासिङ्टन डिसी आउनु भएको छ । सांसद ओली अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना भएको नेपालको आर्थिक विकासमा सांस्कृतिक कूटनीतिक विषयक कार्यक्रमको लागि प्रमुख अतिथिको रूपमा अमेरिका आउनु भएको हो ।
वहाँ छोटो समयको लागि अमेरिका आउनु भएको हो । वहाँले डिसीबाट न्यु योर्क हुँदै बोस्टन पुगेर नेपाल फर्कने बताउनु भएको छ । वासिङ्टन डिसी स्थित नेपाली राजदूतावास तथा अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्युट (आइडिआई) को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि ओलीले आयोजकलाई धन्यवाद दिँदै प्रधान मन्त्रीको शुभ कामना लिएर आएको बताउनु भयो । वहाले मन्तव्य राख्नु अगाडी तीन चरणमा भएको कार्यक्रममा वहाँलाई जिज्ञासा राखेका थिए । आफ्नो मन्तव्यमा वहाले उत्तर दिनु भएको थियो । सांसद ओलीले आफू जन्मेको स्थान,आफ्नो शैक्षिक योग्यता, सञ्चारकर्मी र सानो देखि नै गीत गाउने अभिरुचि राखेको बताउनु भयो । वहाले नेपालको ७५ वटै जिल्ला, विश्वका ३९ वटा राष्ट्रमा सांस्कृतिक कार्यक्रम र प्रस्तुतिमा भ्रमण गरेको बताउनु भयो । ओलीले मन्तव्य राख्दै कुनै देश आफूले १३ पटक भ्रमण गरेको छु भन्दै तर यो ठुलो देश संयुक्त राज्य अमेरिका पहिलो पटक भ्रमण गरेको बताउनु भयो ।
पत्रकार हुँदै आफू राजनीतिमा होमिएको बताउँदै गत निर्वाचन देखि नेपालको राजनैतिक अस्थिरता समाप्त भएको बताउनु भयो । ओलीले असल सुशासन ,आर्थिक विकास भ्रष्टाचार लगायतलाई निर्मूल गर्नु यो सरकारको मुख्य लक्ष्य रहेको बताउनु भयो । कार्यक्रम तीन चरणमा विभाजित गरिएको थियो । पहिलो वक्ता समूहमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की (विद्या वारिधि) तथा नेपालका लागि पूर्व राजदूत स्कट डेलेसी रहनु भएको थियो । उक्त पहिलो वक्ता समूहको विषय नेपाल र अमेरिका बिच सांस्कृतिक कूटनैतिकका चुनौती तथा अवसर रहेको थियो । राजदूत कार्की तथा डेलेसीले यस सम्बन्धमा आफ्ना धारणा राख्नु भएको थियो ।
यस्तै गरी वक्ता समूह दुईका वक्ताहरूले कला ,संस्कृति तथा प्रवासी (डाएसपोरा )विषयमा महा वाणिज्य दूत प्रेम राजा महत तथा सामाजिक अभियन्ता द्वय डा. विष्णु पौडेल तथा हरि शर्माले बोल्नु भएको थियो ।
यसै गरी तेस्रो वक्ता समूहमा दोस्रो पुस्ताका सांस्कृतिक कूटनैतिक विषयमा आफ्ना कुराहरू राखेका थिए । कार्यक्रम सञ्चालन आईडिआईका कार्यकारी प्रमुख सुमनराज तिमिल्सिना ले गर्नु भएको थियो भने आइडिआईका प्रबन्ध निर्देशक परशु नेपालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
पहिलो चरणको कार्यक्रम सञ्चालन टाउन अफ इन्डियन हेडका उप नगर प्रमुख किरण सिटौला तथा दोस्रो चरणको कार्यक्रम सञ्चालन सामाजिक अभियन्ता प्रेम संग्रौलाले गर्नु भएको थियो ।
कार्यक्रममा डिसी क्षेत्रमा बसोबास गर्ने कलाकारहरूमा केसी डान्स सेन्टरका संस्थापक नवीन केसी, बाल्टिमोरबाट कलाकार पूजा चन्द लामा, अन्तर राष्ट्रिय नेपाली पत्रकार सङ्घ( ईन्जा) का अध्यक्ष गुणराज लुइँटेल, साहित्यकार प्रकाश नेपाल, युवा नेता तथा सामाजिक अभियन्ता प्रेम कुमार श्रेष्ठ लगायत आईडीआईका प्रसन्न पौडेल तथा मेरिना डङ्गोल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरूले वक्ता समूहलाई जिज्ञासा राखेका थिए ।
तस्बिर :राजीव श्रेष्ठ