अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 23:10

अमेरिकामा पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत

बिआरटीनेपाल २०७५ माघ २८ गते ८:२० मा प्रकाशित

अमेरिकामा पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र प्रतिपक्षी डेमोक्र्याट्सबीचको तनावका कारण पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखा परेको हो ।

यसअघि दुवै पक्षबीच भएका वार्ताहरु निष्कर्षविहीन हुँदै आएका छन् । दुवै पक्षबीच भएका वार्तामा अहिलेसम्म कुनै निष्कर्ष निस्कन नसकेको आँकलन गरिएको छ । दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि यसअघि ३ साताका लागि स्थगन गरिएको खर्चबन्दी पुनः लम्बिन सक्ने चिन्ता बढेको बताइएको छ ।

आर्थिक संकटलाई थप लम्बिन नदिन र पुनः सरकारी खर्चबन्दी बन्द हुन नदिन आगामी शुक्रबारसम्म ठोस निर्णय गर्नैपर्ने बाध्यता दुवै पक्षलाई छ । त्यसो हुन नसके राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा संकटकाल घोषणा गरी वैकल्पिक उपायमार्फत सीमामा पर्खाल लगाउने प्रक्रिया अघि बढाउन सक्ने सम्भावना रहेको जनाइएको छ।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने खर्चसम्बन्धी विधेयकमा डेमोक्र्याटहरुको असहमतिका कारण संसद्बाट पास नभएपछि राष्ट्रपति ट्रम्पले संघीय बजेट पास नगर्दा ३५ दिनसम्म सरकारी कामकाज ठप्प भएको थियो । पछिल्लो पटक यस सम्बन्धमा छलफल गरी निष्कर्ष निकाल्ने भन्दै ह्वाइट हाउसले ३ साताका लागि सरकारी कामकाज सञ्चालनको बाटो खुल्ला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू