अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 23:41

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषालु रक्सी सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

बिआरटीनेपाल २०७५ माघ २६ गते ७:३५ मा प्रकाशित

 

भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा रक्सी सेवनका कारण ९२ जनाको मृत्यु भएको छ । यीदुई राज्यका मेरठ, सहारनपुर, रुडकी र कुशीनगरमा विषालु रक्सी पिउनाले मृत्यु हुनेको सङ्ख्या बढेको हो । मृतकको सङ्ख्या अझ बढ्न सक्ने भारतीय प्रहरी अधिकारीहरुले बताएका छन् ।

उत्तर प्रदेश सरकारकाअनुसार मान्छे मरेको संस्कारमा सहभागिहुनगएकाव्यक्तिहरुको विषालु रक्सी पिउनाले मृत्यु भएको हो । १ सय जना भन्दा बढि बिरामी भएका छन् । बिरामीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तर प्रदेश सरकारका अनुसार उत्तराखण्डमा एक तेह्र दिने संस्कारमा सामेल हुन गएका सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । उनीहरु सबैले त्यही रक्सी खाएको बताइएको छ ।

सहारनपुरका अधिकारीका अनुसार संस्कारमा सामेल भएर फर्केपछि उनीहरु मर्न थालेका थिए । प्रशासनको लापर्वाही भएको भन्दै भारत सरकारले नागल थाना प्रभारीसहित दश प्रहरी र तीन प्रहरी निरक्षकलाई निलम्बन गरिसकेको छ । शुक्रबार मध्यराति बसेको एक बैठकले सरकारका सचिव र डीजीपीले सबै जिल्लाका प्रमुखसँग भिडियो कन्फ्रेन्स गर्दै प्रदेशका सबैठाउँमा छापा मार्न आग्रह गरेको छ । सहरानपुर र कुशीनगरमा मर्नेहरुको सङ्ख्या बढीरहे पनि रक्सी तस्करहरुलाई पत्ता लगाउन सकेको छैन । रक्सी तस्करहरुलाई नपक्रेसम्म अवस्था झनै भयावह हुने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू